आर्थिक

सोलार पम्मबाट सिक्टाको पानी खेतमा पुगेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते १४:४३
सोलार पम्मबाट सिक्टाको पानी खेतमा पुगेपछि…(भिडियो रिपोर्टसहित)

१ चैत २०७७ बाँके । सिक्टा सिंचाइ आयोजनाले नहरको पानीलाई सोलार पम्पबाट तानेर बाँकेको शम्सेरगन्जमा सिंचाइ सुविधा दिन शुरु गरेको छ । मूल नहरको किनारामा ३ लाख रुपैयाँको लागतमा सौर्य उर्जाबाट चल्ने पप्प जडान गरेर आयोजनाले नहरको सतहभन्दा अग्लो स्थानमा भएका खेतबारीमा सिंचाइ सुविधा दिन शुरु गरेको हो ।

सिंचाइ आयोजनाले जडान गरेको यो सोलार दिउँसो सूर्यको प्रकाशबाट चार्ज हुन्छ । र यसबाट स्वचालित रुपमा चल्ने पम्पले नहरको पानी तान्छ । नहरबाट तानेको पानीलाई पुन सानो नहर निर्माण गरे पहिलो चरणमा शम्सेरगन्ज क्षेत्रको करिब १५ हेक्टरमा सिंचाइ गरिएको छ ।

उर्बर भूमि भए पनि भरपर्दो सिंचाइ सुविधा नहुँदा दुई बाली मात्रै खेती गर्दै आएका किसान अहिले अब सिंचाइ सुविधा पाएपछि उत्साही छन् । सिंचाइ सुविधा पुगेसँगै किसानले तरकारी तथा हिउँदे मकै खेती शुरु गरेका छन् । एउटा सोलार पम्मबाट शम्सेरगन्ज क्षेत्रका सबै किसानको खेतबारीमा सिंचाइ गर्न कठिन हुने भएकाले थप सोलार पम्म जडान गर्न र धेरै पानी दिन किसानले माग गरेका छन् ।

सिक्टाको मूल नहरसँगै जोडिएका कचनापुर, शम्सेरगन्ज , बालापुर र ढकेरी क्षेत्रमा करिब ४ सय हेक्टर खेतबारी छ । तर आयोजनाको मूल नहरभन्दा अग्लो स्थानमा भएका घर आँगन नजिकैबाटै बग्ने नहरको पानी नपाउँदा किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । कतिपय किसानले त पैसा खर्च गरेर मोटर चलाएर सिंचाइ गर्नु परेको थियो ।

किसानको यो समस्यालाई ध्यानमा राखेर आयोजनाले सोलार पम्प जडान गरेको हो । कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी गाउँका किसानलाई सहज रुपमा सिंचाइ सुविधा दिने आयोजनाले सोलार जडान गरेको हो ।

आयोजनाले २०७७ बैशाख १ गतेदेखि नै पानी सञ्चालन गरेपछि डुडुवा, कोहलपुर र नेपालगन्ज क्षेत्रको करिब २० हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको छ । बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले १४ वर्ष अघि यो सिंचाइ आयोजना शुरु भएको हो । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना निर्माणमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *