आर्थिक

सुनको भाउ तोलामा ४ सयले बढ्यो, प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ चैत १ गते १३:१८
सुनको भाउ तोलामा ४ सयले बढ्यो, प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोवार

१ चैत २०७७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु ४ सय रुपैयाँले उकालो लागेको छ ।

चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *