खेलकूद

ला लिगा लीग लिडर एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

हिमालय टिभी
२०७७ चैत १ गते ७:५८
ला लिगा लीग लिडर एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

१ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबल लीग लिडर एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।

ला लिगा अन्तर्गत गएराति एट्लेटिकोले १० खेलाडीमा सीमित गेटाफेसँग गोलरहित बराबरी खेलेको हो । अवे मैदानमा एट्लेटिकोले गोल गर्ने केही मौका खेर फालेको थियो ।

त्यस्तै ७० औं मिनेटमा निओम रेड कार्ड पाएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । बराबरीपछि एट्लेटिकोले २७ खेलबाट ६३ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा इल्चीलाई पराजित गर्दै रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा रियलले इल्चीलाई २(१ ले हराएको हो ।

इल्चीका लागि ६१औं मिनेटमा डानी काल्भो सानरोमनले गोल गरेका थिए । तर त्यसपछि करिम बेञ्जिमाले ७३औं र इञ्जुरी समयमा गोल गर्दै रियललाई २–१ को जित दिलाए । जितपछि रियलले २७ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानको एट्लेटिकोसँगको अंक दूरी ६ अंकमा झारेको छ ।

उता एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ । ला लिगाकै अन्य खेलमा अलाभेस र काडिजले ११ तथा ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्