समाज

घुस नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने नागरिकको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते १६:४०
घुस नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने नागरिकको गुनासो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ पर्सा । वीरगञ्जका बासिन्दाले नगरपाालिकले दिने सेवाप्रति असन्तुष्टि जनाएका छन् । र उनीहरुले घुस र अतिरिक्त रकम नदिएसम्म महानगरपालिकाबाट काम नै नहुने गरेको आरोपसमेत लगाए ।

वीरगञ्ज महानगरपालिकाका बासिन्दाले नगरपालिकाको सेवा राम्रो नरहेको र सानो कामका लागि पनि घुस तिर्नु परेको गुनासो गरेका छन् । वडा नम्बर २६ सुगौलीमा भएको एउटा सार्वजनिक सुनुवाईका सहभागीले महानगरपालिकामा सेवा राम्रो नरहेको र सानो कामका लागि पनि घुस दिनु परेको बताए ।

यतिसम्मको स्कूलको भवन पास गर्न पनि घुस दिनु पर्‍यो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ मा रहेको शारदा माविमा दुई कोठे भवन बनाउन १६ लाख रुपैयाँ बजेटको योजनामा इन्जिनियरलाई १० प्रतिशत कमिसन नदिएसम्म काम नै भएन । अनि सेवाग्राहीको निष्कर्ष निकाले महानगपालिकाका कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुन्छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले आफ्नो समस्या खुलेर राखे । शिक्षा, स्वास्थ्य, खेलकूदमा लगानी बढाउन महानगरपालिकालाई सुझाव दिए ।

वडाका बासिन्दासँग विगतमा गरिएको ५ बुँदे सहमति कार्यान्वयन नभएको, नक्सापास प्रक्रिया झन्झटिलो भएको, सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्दा जेष्ठ नागरिकलाई सास्ती भइरहेको, अनलाइनबाटै कर तिर्ने व्यवस्था मिलाउनुपर्ने आवाज पनि सुनुवाइ कार्यक्रममा उठे । कतिपय नागरिकले जनप्रतिनिधिको काममा तीव्र असन्तुष्टि पनि व्यक्त गरे । भोट दिएर जिताएका जनप्रतिनिधिले नागरिकको सपना चकनाचुर पारेको आरोप लगाए ।

आमनागरिक र सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष शम्भु मिश्राले आफूले कुनै पनि अनियमितता नगरेको दाबी गर्दै कुनै पनि योजनालाई अख्तियारबाट छानबिन गराउन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी महानगरपालिका मेयर विजयकुमार सरावगीले नगरको सेवा प्रवाहलाई खराब बनाउन नागरिक पनि उत्तिकै दोषी रहेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छन खोज्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *