खेलकूद

पुलिस क्लबलाई मेयर्स कप क्रिकेटको उपाधि, एपीएफ ८ विकेटले पराजित

हिमालय टिभी
२०७७ फागुन २९ गते १५:१९
पुलिस क्लबलाई मेयर्स कप क्रिकेटको उपाधि, एपीएफ ८ विकेटले पराजित

२९ फागुन २०७७ काठमाडौं । एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आज भएको फाइनलमा पुलिससँग एपीएफ ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ५९ रन बनाए । अनिल साह र कुशल भुर्तेलले १५–१५ तथा दिपेन्द्र सिंह ऐरीले ११ रनको योगदान गरे । एपीएफका अविनाश बोहरा र भुवन कार्कीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २९ ओभर ४ बलमा १ सय ५ रन बनाउँदा अलआउट भएको थियो ।

एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८र१८ रनको योगदान गरे । कप्तान शरद भेषावकर र आसिफ शेख सुन्य रनमा आउट भएका थिए ।

एपीएफलाई कम योगफलमा रोक्न पुलिसका गुल्सन झा र सागर ढकालले ४र ४ विकेट लिए । उपाधिसँगै पुलिसले ५ लाख रुपैंया पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले ३ लाख पायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्