कला/मनोरञ्जन

सार्वजनिक कार्यक्रममा नाङ्गै भएर नायिकाले दिइन् सरकारलाई यस्तो सन्देश

हिमालय टिभी
२०७७ फागुन २९ गते १४:१६
सार्वजनिक कार्यक्रममा नाङ्गै भएर नायिकाले दिइन् सरकारलाई यस्तो सन्देश

फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्‍याउनका लागि एउटा सार्वजनिक पुरस्कार वितरण समारोहमा नाङ्गिएकी छन् ।

उनले कोरोना महामारी चलिरहेको यो समयमा कला र संस्कृति बचाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग सरकारसम्म पु¥याउन यस्तो कदम चालेकी हुन् । ५७ वर्षीया कोरेन मासिरोले सिजर अवार्ड समारोहमा यस्तो हर्कत गरेकी हन् । सिजर अवार्डस्लाई फ्रान्सको ओस्कार बराबर मान्ने गरिन्छ ।

मासिरो मञ्चमा गधाको कस्ट्युम लगाएर पुगेकी थिइन् । त्यसको तल उनले रगत लतपतिएको कपडा लगाएकी थिइन् । मञ्चमा उनले दुवै कपडा उतारेकी थिइन् ।
फ्रान्समा चलचित्र हलहरु बन्द भएको तीन महिनाभन्दा लामो समय भइसकेको छ। चलचित्र हल बन्द गर्ने सरकारको निर्णयप्रति धेरै कलाकार रुष्ट छन् ।

सिजर अवार्ड समारोहका आयोजकले मासिरोलाई बेस्ट कस्ट्युम (उत्कृष्ट पहिरन) को अवार्ड प्रदान गर्न मञ्चमा बोलाएका थिए । तर, उनले मञ्चमै नाङ्गिएर कार्यक्रममा सहभागीहरुलाई आश्चर्यमा पारिन् ।

उनको शरीरको केही भागमा केही सन्देशसमेत लेखिएको थियो । गर्धन मुनि लेखिएको थियो–कल्चर (संस्कृति) छैन त फ्युचर (भविष्य) छैन ।

अर्को एउटा सन्देश उनले फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सका लागि आफ्नो ढाडमा लेखिकी थिइन् । त्यो थियो–हामीलाई हाम्रो संस्कृति फिर्ता गर, जिएन ।
यही कार्यक्रममा मासिरोले निःवस्त्रु हुनुअघि केही अन्य कलाकारले पनि सरकारसँग यस्तै अपिल गरेका थिए।

सिजर अवार्डस्मा यसपटक बेस्ट स्क्रीनप्ले पुरस्कार विजेता स्टेफनी डेमास्टियरले भनिन्–मेरा बच्चाहरु किनमेल गर्न जान सक्छन् । तर उनीहरु फिल्म हेर्न जान सक्दैनन् । यो कुरा मेरो बुझाइभन्दा बाहिरको छ ।

गत वर्ष डिसेम्बरमा सयौं कलाकार, चलचित्र निर्देशक, संगीतकार, चलचित्र समीक्षक र कला क्षेत्रका धेरैले पेरिसमा सरकारविरुछ प्रदर्शन गरेका थिए । उनीहरुले अन्य क्षेत्रमा जसरी प्रतिबन्ध हटाइएको छ, कला क्षेत्रबाट पनि प्रतिबन्ध हटाइयोस र खोल्न दिइयोस् ।

यो वर्ष सिजर अवार्ड समारोहमा एल्बर्ट डुपोंटेलको चलचित्र गुडबाय मारान्सलाई बेस्ट फिल्मको अवार्ड दिइयो । यस्तै डेनमार्कमा बनेको चलचित्र अनादर राउन्डले उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *