खेलकूद
एष्टन भिल्ला र न्यूक्यासल युनाइटेड बराबरीमा रोकिए
२०७७ फागुन २९ गते ८:०५

२९ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एष्टन भिल्ला र न्यूक्यासल युनाइटेड बराबरीमा रोकिएका छन् ।
प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एष्टन भिल्ला र न्यूक्यासल युनाइटेडले ११ गोलको बराबरी खेलेका हुन् । अवे मैदानमा भिल्लाले आत्मघाती गोलमार्फत खेलमा अग्रता बनाएको थियो ।
८६औं मिनेटमा सिएरान क्लार्कको आत्मघाती गोलसँगै भिल्लाले खेलमा अग्रता लियो । तर त्यसपछि अन्तिम समयको इञ्जुरी समयमा न्यूक्यासलका जमाल लासल्सले गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए ।
२७ खेलबाट ४१ अंकसहित भिल्ला ९औं र २८ खेल खेल्दै २८ अंक रहेको न्यूक्यासल १६औं स्थानमा छन् ।
प्रतिक्रिया