खेलकूद

भारतविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

हिमालय टिभी
२०७७ फागुन २९ गते ७:५८
भारतविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

२९ फागुन २०७७ काठमाडौं । भारतविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड विजयी भएको छ ।

पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको हो । १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले २७ बल अगावै मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि ज्यासन रोयले ४९ तथा जोस बट्लरले २८ रन बनाए । त्यस्तै जोन्नी बेरिष्टो २६ तथा डाविड मलान २४ रनमा अविजित रहे । बलिङमा भारतका युजभेन्द्र चहेल र वासिंगटन डिसीले समान १-१ विकेट लिए ।

यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । भारतका लागि श्रेयस अइयरले सर्वाधिक ६७ रन बनाए ।

यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्ड्या १९ रनमा आउट भए । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन विकेट लिए । जितसँगै ५ खेलको श्रृंखलामा पाहुना टोली इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्