खेलकूद

मेयर्स कप क्रिकेटको उपाधि भिडन्त भोलि, उपाधि जित्ने दुवै कप्तानको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते १८:४९
मेयर्स कप क्रिकेटको उपाधि भिडन्त भोलि, उपाधि जित्ने दुवै कप्तानको दाबी (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोलि दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे खेल शुरु हुनेछ । पाँच टोली सहभागी प्रतियोगितामा पुलिस र एपीएफले तालिकाको शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

लीग चरणमा दुबै टोलीको समान अंक भए पनि रनरेटमा पुलिस शीर्ष स्थानमा थियो । फाइनल खेल अघि प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

लीग चरणमा यि दुईबीच भएको खेलमा एपीएफ १ विकेटले विजयी भएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५२५ हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्