२८ फागुन २०७७ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम जीवन साथीको पाँचौं संस्करणलाई ग्लोबल आइएमई बैंकले प्रायोजन गर्ने भएको छ ।
टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यो सम्झौतासँगै ५२ वटा श्रृंखला ग्लोबल आइएमई बैंक मेरी उनीलाई मुद्धती खाताको प्रस्तुति जीवन साथीको नाममा प्रसारण हुनेछ ।
बैंकले गृहिणी वर्गलाई लक्षित गरेर मेरी उनीलाई मुद्धती खाता सञ्चालनमा ल्याएको छ । आफ्नो नयाँ योजना अनुसारकै कार्यक्रमको थिम रहेका कारण कार्यक्रम जीवन साथीसँग जोडिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।
इम्प्रेशन विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक राजु ढुंगेलले जीवन साथीले लक्षित दर्शकमा राम्रो छाप छोड्न सफल रहेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले संचार संस्था र विज्ञापनदाताबीचको सहकार्यबाट नै कुनै पनि उत्पादनका बारेमा ग्राहकलाई प्रभावकारी जानकारी दिन सकिने बताउनुभयो ।
ग्लोबल आईएमई बैंकसँगको सहकार्यले जीवन साथी कार्यक्रमले नयाँ उचाई लिनेमा हिमालय टेलिभिजन ढुक्क रहेको कार्यकारी निर्देशक श्याम कडेलले बताउनुभयो ।
ग्लोबल आईएमई बैंक मेरी उनीलाई मुद्दती खाताको प्रस्तुति कार्यक्रम जीवन साथी चैत ८ गतेदेखि हरेक आइतबार राति ८ बजे प्रसारण हुनेछ । त्यस्तै, प्रत्येक सोमबार दिउँसो ४ बजे र मंगलबार बिहान १० बजे पुनः प्रसारण हुनेछ ।