राजनीति

संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते १४:५२
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले देशमा अनौठा परिघटनाले अनिष्टको संकेत गरेको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको तर्फ इंगित गर्दै उहाँले जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताउनुभयो ।

आवश्यकता अनुसार संशोधन गर्दै संविधानको रक्षा गरेर अघि बढ्ने कि संविधानको हत्या गर्ने भन्ने बहस चलिरहेको उहाँले दावी गर्नुभयो । उहाँले संविधानको हत्या हुन नदिने भन्दै शान्तिपूर्ण आन्दोलनले संविधानको रक्षा गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले परिवर्तनकारी नेतालाई बदनाम गराउन गणतन्त्र विरोधी शक्ति लागिपरेको बताउनुभयो । उहाँले आफूमाथि घेराबन्दी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरुमाथि चलखेल गरेर प्रहार शुरु हुन थालेको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघको सम्मेलन पर्सि चैत १ गतेसम्म चल्नेछ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकार सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्