आर्थिक

सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन २८ गते १३:०७
सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार

२८ फागुन २०७७ काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

हिजो ६ सय रुपैयाँले बढेको सुनको मुल्य आज पुनः ६ सयले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यो साता सुनको मुल्यमा दैनिक केही घटबढ भए पनि अघिल्लो साताको तुलनामा मुल्य स्थिर जस्तै देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *