आर्थिक

अब फेरि ब्याजदर बढ्ने यस्तो छ सम्भावना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते ६:४८
अब फेरि ब्याजदर बढ्ने यस्तो छ सम्भावना (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । कोरोना महामारीका कारण ठप्प भएको आर्थिक क्षेत्रले पछिल्लो पटक गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । आर्थिक क्रियाकलाप बढ्दा कर्जाको माग ह्वात्तै बढेपनि त्यस अनुसार निक्षेप बढेको छैन । जसका कारण तरलताको चाप पर्ने र फेरी ब्याजदर बढ्ने संभावना देखिएको छ ।

कोरोनाको असर कम हुँदै गएपछि आर्थिक क्रियाकलापले पुनः लय समात्न थालेको छ । कोरोनाका कारण निक्षेप संकलन मात्र भएर अधिक तरलता हुने भएपछि बैंकहरुले सिंंगल डिजिटमा कर्जा प्रवाह गर्ने निर्णय गरेका थिए । तर अहिले आर्थिक क्रियाकलापले गति लिन थालेपछि कर्जा प्रवाह उच्च गतिले बढेको छ । फागुन महिना लागेपछि बैंकमा थपिएको निक्षेपको तुलनामा कर्जा प्रवाह झण्डै दोब्बर पुगेको छ ।

कोरोनाको असर कम भएसँगै पछिल्ला दिनहरुमा आयातले पुरानै गति समात्न थालेको छ । यस्तै शेयर तथा घरजग्गाको कारोबार समेत बढ्दै गएको छ । पछिल्ला दिन व्यापार व्यावसाय चलायमान भएकाले कर्जाको माग
पनि बढ्न थालेको छ ।

कोरोनाका कारण आर्थिक गतिविधि रोकिदा बैंकमा निक्षेप थुप्रिएको थियो । जसले गर्दा बैकहरुले ब्याजदर समेत घटाएका थिए । तर अहिले चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो साता १७ अर्ब, दोस्रो साता २७ अर्ब र तेस्रो सातामा पनि २६ अर्ब भन्दा बढि कर्जा प्रवाह भएको छ ।

यसरी हेर्दा फागुन महिनाको तीन सातामा बैंकले ७० अर्ब कर्जा विस्तार गरेका छन् । तर कर्जा प्रवाहको तुलनामा निक्षेप भने आधामा मात्रै छ ।

यसबाट बैंकमा निक्षेप भन्दा कर्जा झण्डै दोब्बरले बढेको देखिन्छ । जसका कारण बैंकको तरलतामा दबाब पर्न थालेको छ । यहि अवस्था कायम रहे निक्षेप र कर्जा प्रवाहमा ब्याजदर बढ्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *