खेलकूद

बी डिभिजन लीग फूटबलमा खुमलटार र नयाँ बस्ती युथ क्लब विजयी

हिमालय टिभी
२०७७ फागुन २६ गते १८:५१
बी डिभिजन लीग फूटबलमा खुमलटार र नयाँ बस्ती युथ क्लब विजयी

२६ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीगमा आज खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरीसमेत गरेको छ ।

खुमलटारलाई सुखद् अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे । खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ । खुमलटार लीगको दोस्रो स्थानमा रहेर सिजन अन्त्य गरेको छ ।

बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ । बाँसबारी लीगको तेस्रो स्थानमा रहेको छ । यता नयाँ बस्ती युवा क्लबसँग पराजित भएसँगै पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ’सी’ डिभिजन लीगमा घटुवा भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा नयाँ बस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।

अन्तिम खेल जित्नुपर्ने भएपनि जित निकाल्न नसक्दा सी डिभिजन लीगमा घटुवा हुन पुगेको हो । नयाँ बस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए पनि यो जित निकाल्न पर्याप्त भएन ।
जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोडदै नवौं स्थानमा रहेको छ ।

बिहीबार लीगमा अन्तिम खेल हुनेछन् । पहिलो खेल झम्सीखेल युथ क्लब र मध्यपुर युथ एसोसियन तथा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो बीच हुनेछ । दुबै खेल एन्फाका मैदानमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्