आर्थिक

सुनको भाउ तोलामा ६ सय बढ्यो, ८६ हजार २ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन २६ गते १३:०१
सुनको भाउ तोलामा ६ सय बढ्यो, ८६ हजार २ सय रुपैयाँमा कारोवार

२६ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।

तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *