खेलकूद

पोर्टो र डर्टमण्ड च्याम्पियन्स लीगको अन्तिम आठमा प्रवेश

हिमालय टिभी
२०७७ फागुन २६ गते ८:५८
पोर्टो र डर्टमण्ड च्याम्पियन्स लीगको अन्तिम आठमा प्रवेश

२६ फागुन २०७७ काठमाडौं । पोर्चुगिज क्लब पोर्टो र जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पोर्टोले इटालियन क्लब युभेन्टसलाई अवे गोलका आधारमा पराजित गरेको हो ।

निर्धारित समयको खेलमा ३–२ ले पराजित भएपनि समग्रमा नतिजा ४–४ गोलको बराबरी भएपछि अवे गोलका आधारमा पोर्टो अन्तिम आठमा पुगेको हो ।

अवे मैदानमा १९ औं मिनेटमा सर्जियो ओलिभिएराले पोर्टोलाई अग्रता दिलाएका थिए । युभेन्टसका फेडेरिको चिसाले ४९औं र ६३औं मिनेटमा गरी दुई गोल थपेका थिए । ५४ औं मिनेटमा तारेमीले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो ।

पोर्टोका लागि ११५औं मिनेटमा ओलिभिएराले र ११७औं मिनेटमा युभेन्ट्सका एड्रिएन राबिओटले गोल गरेपछि युभेन्ट्स ३–२ ले विजयी भएपनि खेल समग्रमा ४–४ को नतिजामा सकिएको थियो । पहिलो लेगमा पोर्टोको घरेलु मैदानमा युभेन्टस २–१ ले पराजित भएको थियो ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब सेभियामाथि समग्रमा ५–४ गोलको नतिजा निकाल्दै बोरुसियाले क्वाटर फाइनलमा स्थान पक्का पार्‍यो । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएपनि बोरुसिया ५–४ ले विजयी भएको हो ।

घरेलु मैदानमा बोरुसियाका लागि दुबै गोल इर्लिङ ब्रुट हलाण्डले गरेका थिए । उता सेभियाका लागि दुबै गोल युसेफ एन नेसरीले गरेका थिए । पहिलो लेगमा बोरुसियाले सेभियाको घरेलु मैदानमा ३२ को जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्