खेलकूद

मेयर कप क्रिकेटमा पुलिससँग आर्मी तीन विकेट र बागमतीसँग एपीएफ २७ रनले पराजित

हिमालय टिभी
२०७७ फागुन २५ गते १७:५१
मेयर कप क्रिकेटमा पुलिससँग आर्मी तीन विकेट र बागमतीसँग एपीएफ २७ रनले पराजित

२५ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा बागमति प्रदेशले एपिएफ क्लबलाई २७ रनले हराएको छ । अर्को खेलमा आर्मी क्लब पुलिस क्लबसँग तीन विकेटले हारेको छ ।

कीर्तिपुर मैदानमा बागमती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ३१ बल अगाडी २ सय ६ रनमा अलआउट भयो । गतिलो सुरुवात गरे पनि एपीएफले मध्यम लक्ष्य पनि भेट्टाउन सकेन । उसका लागि अमर रौटेलाले ५३ र आसिफ सेखले ५० रन बनाए ।

शंकर रानाले २९ र बसन्त रेग्मीले २२ रनको योगदान गरे पनि टिमलाई जीत दिलाउन सकेनन् । एपिएफका सोनु देवकोटाले घातक बलिङ गर्दै ६ विकेट लिए । यस्तै अरियो पौडेल र रामनरेश गिरीले २र२ विकेट लिए ।

त्यसअघि पहिले व्याटिङ गरेको बाग्मतीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३३ रन बनाएको थियो । उसका लागि नन्दन यादवले अविजित ६० तथा ज्ञानेन्द्र मल्लले ५७, इशान पाण्डेले ३१ तथा पारस खड्काले २९ रन बनाए । बलिङतर्फ किशोर महतो र अमरसिंह रौटेलाले दुई दुई विकेट लिए ।

मुलपानी मैदानमा आजै भएको अर्को खेलमा पुलिस क्लबले आर्मीलाई तीन विकेटले पराजित गरेको छ ।

८८ रनको सामान्य लक्ष्य पुलिसले १९औं ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो । पुलिसका लागि सुनिल धमलाले ३९ रन बनाए भने पवन सर्राफले अविजित २२ तथा दिलिप नाथले १५ रन जोडे । टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ३१औं ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएको थियो ।

आर्मीका आठ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । लोकेस बमले सर्वाधिक ३२ रन बनाए । आर्मीको इनिङ्स ध्वस्त पार्ने क्रममा सागर ढकालले पाँच, पवन सर्राफले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्