आर्थिक

२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै

हिमालय टिभी
२०७७ फागुन २५ गते ८:५८
२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै

२५ फागुन २०७७ काठमाडौं । सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ ।

बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन युरिया मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कोलकाताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल वीरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६ सय २५ मेट्रिक टन मल विराटनगर आइपुग्ने प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो । त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने उहाँको भनाइ छ ।

तीनवटै नाकाबाट साँझसम्ममा २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रने तयारीमा रहेको उहाँको दाबी छ । बाँकी २७ हजार मेट्रिक टन युरियामध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन मल नेपाल ल्याइने प्रवक्ता पेखरेलले बताउनुभयो ।

दोस्रो चरणको १० हजार मेट्रिक टन मल पनि केही दिनमैं भारतको कोलकाता आइपुग्ने जानकारी प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *