खेलकूद
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै
२०७७ फागुन २५ गते ७:५९

२५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज १० खेलमा १७ अंक जोड्दै चौथो स्थानमा छ ।
उता समान खेलबाट १२ अंक रहेको श्री भगवती तालिकाको सातौं स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।
यस्तै, आजै हुने अर्को खेलमा श्री कुमारी क्लब र टुसाल क्लब भिड्ने छन् । १० खेल खेल्दै ११ अंकसहित श्री कुमारी नवौं र समान खेलबाट ९ अंकसहित टुसाल दशौं स्थानमा छन् ।
एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।
प्रतिक्रिया