खेलकूद
प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी
२०७७ फागुन २५ गते ७:५६
२५ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले एभर्टनमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा चेल्सीले आत्मघाती गोलसँगै अग्रता बनाएको थियो ।
३१औं एभर्टनका बेन गोलफ्रेबाट आफ्नै पोष्टमा गोल हुन पुगेको थियो । त्यसपछि ६५औं मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत गोल थपेपछि चेल्सी समग्रमा २–० ले विजयी भएको हो । चौथो स्थानको चेल्सीले २८ खेल खेल्दै ५० अंक जोडेको छ ।
उता अर्को खेलमा वेष्टह्यामले लिड्सलाई २० गोलले नै हरायो । घरेलु मैदानमा वेष्टह्यामका लागि जेसी लिंगार्ड र क्रेग डाउसनले गोल गरेका थिए । जितसँगै वेष्टह्याम २७ खेलबाट ४८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया