आआफ्नो श्रीमान बोकेर श्रीमतीहरु यसरी दौडिएपछि…(फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १८:४७
आआफ्नो श्रीमान बोकेर श्रीमतीहरु यसरी दौडिएपछि…(फोटो फिचरसहित)

२४ फागुन २०७७ तनहुँ । देशभर १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा तनहुँको देवघाट गाउँपालिकाले अफ फरक कार्यक्रमसहित यो दिवस मनाएको छ ।

गाउँपालिकाले फरक खालको कार्यक्रम गर्दै श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको हो । महिलाहरु पनि पुरुषहरु सरह सक्षम छन् भन्नका लागि श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा मगरले बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा १४ वटा जोडी सहभागी थिए ।


प्रतियोगितामा स्थानीय विष्णु र पदम अधिकारीको जोडी पहिलो भएको छ । त्यस्तै गंगा र नवीन गुरुङको जोडी दोस्रो, सीता लामिछाने थापा क्षेत्री र बमबहादुर थापाको जोडी तेस्रो भएका छन् भने उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वना स्थान हासिल गरेको छ ।

उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी गाउँपालिकाकै आयोजनामा कुर्सी घुमाइ प्रतियोगिता समेत गरिएको छ । ३० जना सहभागी भएको प्रतियोगितामा मित्र आले पहिलो, उमा ढकाल दोस्रो तथा गीता गुरुङ तेस्रो हुनुभएको छ ।

उहाँहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको देवघाट गाउँपालिकाका प्रेस संयोजक आशिक रानामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *