खेलकूद

बी डिभिजन लीग फूटबलमा सातदोबाटोको पहिलो हार, मध्यपुर २–१ ले विजयी

हिमालय टिभी
२०७७ फागुन २४ गते १५:३१
बी डिभिजन लीग फूटबलमा सातदोबाटोको पहिलो हार, मध्यपुर २–१ ले विजयी

२४ फागुन २०७७ काठमाडौं । दुई खेल अगाडीनै ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा मध्यपुर युथ एशोसियसनसँग २–१ गोलले हार्दा सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र सन्नी लामाले १–१ गोल गरे । २६ औं मिनेटमा कैलाशले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाए । तर दोस्रो हाफमा सातदोबाटो खेलमा फर्कियो । ५० औं मिनेटमा सातदोबाटोका माल्डिना आङथुपुले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

तर त्यसको ८ मिनेट पछिनै सन्नीले गोल गर्दै मध्यपुरलाई २–१ को जित दिलाए । लगातार ९ खेलको अपराजित सातदोबाटो पहिलो हारसँगै १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । लीगमा चौथो जित हात पारेको मध्यपुरले समान खेलबाट १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

आजको अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र पुल्चोक स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्