खेलकूद
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै
२०७७ फागुन २४ गते ९:०३
२४ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसियसनबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल अगावै ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।
उता मध्यपुर समान खेलबाट १० अंकका साथ आठौं स्थानमा छ । एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा बाह्र बजे शुरु हुनेछ ।
यस्तै अर्को खेलमा रानीपोखरी कर्नर टीम आरसिटी र पुल्चोक स्पोर्ट्स क्लब आमने सामने हुनेछन् ।
पाँचौं स्थानको आरसिटी ९ खेल खेल्दै १३ अंक जोड्दा समान ९ खेलबाट २ अंक मात्र रहेको पुल्चोक तालिकाको पुछारमा छ । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे तीन बजे शुरु हुनेछ ।
प्रतिक्रिया