प्रिमियर लीगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी म्यानचेष्टर युनाइटेडसँग पराजित

२४ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी पराजित भएको छ ।
प्रिमियर लीगअन्तर्गत गएराति म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले सिटीमाथि २–० गोलको जित निकालेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र ल्युक शावले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै युनाइटेडले फर्नान्डेसको पेनाल्टी गोलसँगै अग्रता बनाएको थियो ।
सिटीका ग्रेब्रियल जिससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि ५० औं मिनेटमा शावले गोल थपेपछि युनाइटेड २० ले विजयी भएको हो ।
हारसँगै सिटीको अपराजित यात्रा २१औं खेलपछि सकिएको छ । सिटीको २८ खेलबाट ६५ अंक छ । उता जितसँगै २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत नै टोटेनह्यामले क्रिष्टल प्यालेसमाथि ४–१ तथा फूलह्यामले साविक विजेता लिभरपुलमाथि १–० गोलको जित निकाल्दा वेष्टब्रोम र न्यूक्यासल युनाइटेड गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया