खेलकूद

ला लिगा फूटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई बराबरीमा रोक्यो

हिमालय टिभी
२०७७ फागुन २४ गते ७:५५
ला लिगा फूटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई बराबरीमा रोक्यो

२४ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा लीग लिडर एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।

एट्लेटिकोले रियल मड्रिडसँग १–१ गोलको बरारबरी खेलेको हो । घरेलु मैदानमा एट्लेटिकोले १५औं मिनेटमा लुइस स्वारेजको गोलसँगै अग्रता बनाएको थियो ।

तर ५०औं मिनेटमा रियलका करिम बेञ्जिमाले गोल थप्दै खेल १–१ को बराबरी गरे । त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन ।

एट्लेटिकोको २५ खेलबाट ५९ अंक हुँदा तेस्रो स्थानको रियलको २६ खेलबाट ५४ अंक छ ।

यस्तै अन्य खेलमा सेल्टा डि भिगोले ह्यूस्कालाई ४–३, एथ्लेटिक बिल्बाओले ग्रानाडालाई २–१ र रियल सोसिडाडले लेभान्टेलाई १० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्