आर्थिक

सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन २३ गते १३:०२
सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोवार

२३ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।

अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार १०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *