खेलकूद
ला लिगामा बार्सिलोना, काडिज, रियल भालाडोलिड र इल्ची विजयी
२०७७ फागुन २३ गते ८:०८
२३ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, काडिज, रियल भालाडोलिड र इल्ची विजयी भएका छन् ।
बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा ओसासुनामाथि २–० को सहज जित निकालेको छ । अवे मैदानमा बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरीबाले एकएक गरे ।
अल्वाले ३०औं र मोरीबाले ८३औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी २ अंकमा झारेको छ ।
एट्लेटिकोको २४ खेलबाट ५८ अंक हुँदा बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोडेको छ ।
ला लिगाकै अन्य खेलमा काडिजले इबरलाई १–० तथा रियल भालाडोलिडले गेटाफेलाई अनि इल्चीले सेभियालाई समान २१ ले हराए ।
प्रतिक्रिया