खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन २३ गते ८:०३
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

२३ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा नयाँबस्ती युवा क्लब र श्रीकुमारी क्लबले प्रतिस्पर्धा गर्नेछन् । ९ खेलबाट १२ अंकसहित नयाँ बस्ती तालिकाको छैठौं स्थानमा छ । उता श्री कुमारी समान खेलबाट ८ अंकका साथ दशौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा बाँसबारी क्लब र झम्सीखेल युथ क्लब आमनेसामने हुनेछन् । बाँसबारी तेस्रो तथा झम्सिखेल ११ औं स्थानमा छन् ।

बाँसबारीले ९ खेलमा १८ अंक र झम्सिखेलले समान खेलबाट ६ अंक जोडेको छ । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

सातदोबाटो युथ क्लब २५ अंकका साथ शीर्ष स्थानमा रहँदै दुई खेल अगावै ए डिभिजनमा बढुवा भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्