खेलकूद

भारतले जित्यो इंग्ल्याण्डविरुद्धको चार टेष्टको क्रिकेट श्रृंखला

हिमालय टिभी
२०७७ फागुन २२ गते १८:४९
भारतले जित्यो इंग्ल्याण्डविरुद्धको चार टेष्टको क्रिकेट श्रृंखला

२२ फागुन २०७७ काठमाडौं । इंग्ल्याण्डसँगको चार टेष्टको क्रिकेट श्रृंखला भारतले ३–१ ले जितेको छ । यो श्रृंखला जितेसँगै भारत टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

चौथो तथा अन्तिम टेष्ट घरेलु टोली भारतले आज तेश्रो दिनमा नै एक इनिङ्स र २५ रनले जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा इङ्ल्याण्डलाई दोस्रो इनिङ्समा मात्र १ सय ३५ रनमा अल आउट गरेर भारतले ठुलो अन्तरको जीत निकालेको छ ।

यहि स्टेडियममा तेश्रो टेष्ट दुई दिनमै भारतले जितेको थियो । चौथो टेष्टको पहिलो इनिङ्समा पाहुना टोली इंग्ल्यान्ड २ सय ५ रनमा अल आउट भएको थियो । भारतले भने पहिलो इनिङ्समा ३ सय ६५ रन बनाएको थियो ।

दोश्रो इनिङ्समा इंग्ल्याण्डका डन लोरेन्सले ५० तथा कप्तान जोय रुटले ३० रन बनाए पनि फराकिलो अन्तरको हार टार्न सकेनन् । भारतका अक्षर पटेल र रवीचन्द्रन आश्विनले ५र५ विकेट लिए ।

श्रृंखलामा ३२ विकेट लिएका आश्विन प्लेयर अफ दि सिरिज बने । यो जीतसँगै भारत विश्व टेष्ट च्याम्पियनसीपको फाइनलमा पनि पुगेको छ ।

३ महिनापछि इङ्ल्याण्डको लर्डसमा हुने च्याम्पियनसीपको फाइनलमा उपाधिका लागि भारत न्युजिल्याण्डसँग भिड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्