खेलकूद

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ र पुलिस विजयी

हिमालय टिभी
२०७७ फागुन २२ गते १८:४४
प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ र पुलिस विजयी

२२ फागुन २०७७ काठमाडौं । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आज एपीएफ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा एपीएफले आर्मीलाई ३–१ को सेटले हरायो । पहिलो सेट गुमाएको एपीएफले त्यसपछि लगातार तीन सेट जितेको हो ।

एपीएफले २४–२६, २५–२३, २५–१६, २५–२३ को अंकमा जीत निकालेको थियो ।

दोस्रो खेलमा पुलिस क्लबले आयोजक लुम्बिनी क्लबलाई ३ –० को सोझो सेटमा हराएको छ । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२, २५–१४ अंकले हराएको थियो ।

दोस्रो जितसँगै पुलिस लिगको शीर्षस्थानमा पुगेको छ । प्रतियोगितामा भोलि लुम्बिनी र एपीएफ तथा न्यु डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । लीगको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्