बी डिभिजन लीगमा ब्वाइज विजयी, टुसाल १–० गोल अन्तरले पराजित

२२ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबल प्रतियोगितामा ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बूले ७२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ ।
ब्वाइज चौथों स्थानमा यथावत छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा छ ।
अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच केहिबेरमा प्रतिस्पर्धा हुनेछ । ९ खेलमा २२ अंकका साथ दोस्रो स्थानको खुमलटार आज विजयी भए शीर्ष स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्नेछ । गोल अन्तरका आधारमा भने खुमलटार अगाडी छ ।
उता श्री भगवती ९ अंकका साथ नवौं स्थानमा छ । आज भगवती क्लब विजयी भए तालिकाको सातौं स्थानमा उक्लने छ भने शीर्ष स्थानको सातदोबाटोलाई फाइदा पुग्नेछ ।
प्रतिक्रिया