आर्थिक

उत्पादनमूलक र पर्यटन उद्योगलाई विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १४:५७
उत्पादनमूलक र पर्यटन उद्योगलाई विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णय (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमूलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिनुभएको छ ।

सरकारले कोरोना कहरबाट प्रभावित उद्योगलाई राहत दिने क्रममा डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । तर होटल र पर्यटन क्षेत्र उत्पादनमूलक उद्योगमा नपर्ने भन्दै प्राधिकरणले शुल्क छुट दिएको थिएन । तर अब भने होटल र पर्यटन क्षेत्रका उद्योगले पनि डिमान्ड शुल्क छुट पाउने मन्त्री पौडेलले बताउनुभयो ।

गत साउनदेखि लागू भएको विद्युत् महसुल संकलन विनियमावली अनुसार १३२ केभी लाइनबाट विद्युत् लिने ग्राहकले डिमान्ड शुल्कबापत प्रतिकेभीए प्रतिमहिना २ सय ३० रुपैयाँ र ६६ केभीए लाइनबाट विद्युत् लिने ग्राहकले प्रतिकेभीए प्रतिमहिना २ सय ४० रुपैयाँ डिमान्ड शुल्क तिर्दै आएका थिए ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति आफू छलफल गर्न तयार रहेको बताउनुभयो ।

उहाँले कोरोना संकट लगायतका आकस्मिक रुपमा आइपरेका समस्या समाधानमा निजी क्षेत्रसँगै हातेमालो गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *