समाज

दिदीघर बाल आश्रमलाई यसरी पाउँदैछ मनकारीहरुको साथ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १४:४९
दिदीघर बाल आश्रमलाई यसरी पाउँदैछ मनकारीहरुको साथ (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ दाङ । अनाथ तथा सहाराविहीन बालबालिकालाई राखेर पालनपोषण गर्नका लागि दाङको तुलसीपुर उपमहानगपालिका– ६ डुम्री गाउँकी स्यानी चौधरीले दिदीघर बालआश्रम सञ्चालन गर्नु भएको छ ।

२०६१ देखि सञ्चालनमा रहेको आश्रममा शुरु छात्राहरु बसेर अध्ययन गर्थे । पछिल्लो पटक दिदीघर साहाराविहीन बालबालिकाको आश्रय स्थल भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, का राजेश चौधरीको बुवा सम्पर्कविहीन हुनुभयो । आमा अर्को ठाउँमा बिहे गरेर गएपछि उहाँ सहाराविहीन हुनुभयो । तर तीन वर्षदेखि चौधरीको साहरा बनेको छ स्यानी चौधरीले सञ्चालन गरेको दिदीघर बाल आश्रम । यो आश्रम राजेश चौधरी जस्तै सहराविहीन बालबालिकाको भविष्यको आधार भएको छ ।

अनाथ तथा सहाराविहीन बालबालिकालाई राखेर पालनपोषण गर्नका लागि दाङको अरु ठाउँमा अनाथालय नभएका बेला तुलसीपुर उपमहानगपालिका– ६ डुम्री गाउँकी स्यानी चौधरीले २०६१ सालमा अनाथ बाल आश्रम सञ्चालनमा ल्याउनुभयो । सहाराविहीन बालबालिकाको स्याहार सुसार गर्न पाउँदा र आफ्नै संरक्षणमा रहेका बालबालिकाले राम्रो नतिजा ल्याउँदा उहाँ निकै खुसी हुनुहुन्छ ।

सानैदेखि सामाजिक काम गर्ने इच्छा राखेकी चौधरीको आश्रममा १२ जना बालबालिका छन् । आश्रम सञ्चालनका लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । पछिल्लो समय किवानिज क्लब अफ नेपालले यो आश्रमलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । क्लबले वार्षिक २ लाखका दरले १० वर्षसम्म सहयोग गर्ने छ ।

अनाथ आश्रम संचालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पनि बजेट विनियोजन गर्नुपर्ने अधिकारकर्मीको सुझाव छ ।

अनाथ आश्रमका लागि संघसंस्था तथा व्यक्तिको सहयोगमा मात्र नभई अब सरकारले पनि बजेट विनियोजन गरेर अनाथ आश्रम संचालनको व्यवस्थापन अझै बलियो बनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *