खेलकूद

मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७७ फागुन २२ गते ८:१२
मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

२२ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुने प्रतियोगितामा ५ टोली सहभागी छन् । २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टोली र सोही प्रतियोगिताको समूह चरणबाट बाहिरिएका अन्य प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । प्रतियोगितामा आयोजक काठमाडौं मेयर एघारसहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।

आयोजक काठमाडौं एघारको कप्तानी सन्दीप लामिछानेले सम्हाल्ने छन् । पाकिस्तान सुपर लीग पीएसएल अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप स्वदेश फर्कदै छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख नगद पाउने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले २५(२५ हजार रुपैया पाउने छन् ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लब आमने सामने हुने छन् ।

यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । दुबै खेल बिहान पौने ९ बजे शुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्