खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन २२ गते ८:०२
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

२२ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज युनियन १४ अंकसहित चौथो तथा टुसाल ९ अंकसहित आठौं स्थानमा छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लब भिड्ने छन् । ९ खेलमा २२ अंकका साथ दोस्रो स्थानको खुमलटार आज विजयी भए शीर्ष स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्नेछ ।

गोल अन्तरका आधारमा भने खुमलटार अगाडी छ । उता श्री भगवती ९ अंकका साथ नवौं स्थानमा छ ।

आज भगवती क्लब विजयी भए तालिकाको सातौं स्थानमा उक्लने छ भने शीर्ष स्थानको सातदोबाटोलाई फाइदा पुग्नेछ । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्