खेलकूद
लिभरपुललाई उपाधि रक्षा अभियानमा अर्को झट्का
२०७७ फागुन २१ गते ८:१३
![लिभरपुललाई उपाधि रक्षा अभियानमा अर्को झट्का](https://www.himalayatv.com/wp-content/uploads/2021/03/Chelsea.jpg)
२१ फागुन २०७७ काठमाडौं । साविक विजेता लिभरपुललाई उपाधि रक्षा अभियानमा अर्को झट्का लागेको छ ।
गए राति भएको खेलमा लिभरपुललाई चेल्सीले १–० ले पराजित गर्यो । खेलको ४२ औं मिनेटमा मोउन्टले गरेको गोल नै निर्णायक बन्यो ।
पराजयसँगै लिभरपुल २७ खेलबाट ४३ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ । विजयी चेल्सी २७ खेलबाटै ४७ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ ।
गए रातिनै भएको खेलमा टोटनह्यामले फुलह्यामलाई १–० ले हरायो भने वेष्टब्रुम एभर्टनसँग पराजित भयो ।
प्रतिक्रिया