विदेश

न्युजिल्याण्डमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

हिमालय टिभी
२०७७ फागुन २१ गते ८:०७
न्युजिल्याण्डमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

२१ फागुन २०७७ न्युजिल्याण्ड । न्युजिल्याण्डमा गएराति शक्तिशाली भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको हो। न्युजिल्याण्डमा बिहीबार ७ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पलगत्तै समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरिएको छ। एक पछि अर्को तीनवटा भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो। मानिसहरु समुद्री तट्टबाट अन्यत्र जाने क्रममा झडपसमेत भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

भूकम्पले ग्रामीण क्षेत्रका केही घरहरुमा क्षति पुर्याए पनि मानवीय क्षति भने नभएको बीबीसीले जनाएको छ । भूकम्पपछि आउने सुनामीले असर गर्नसक्ने भन्दै सचेतता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *