आर्थिक

सुनको भाउ तोलामा एक हजार घट्यो, प्रतितोला ८६ हजार ५ सयमा कारोवार

हिमालय टिभी
२०७७ फागुन २० गते १४:३६
सुनको भाउ तोलामा एक हजार घट्यो, प्रतितोला ८६ हजार ५ सयमा कारोवार

२० फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ ।

तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।
–––

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *