खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन २० गते ९:५१
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

२० फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । श्रीभगवती ६ अंकसहित १०औं स्थानमा छ । श्री भगवतीले जारी लीगमा ८ खेल खेल्दै एकमा जीत र तीनमा बराबरी र चार खेलमा पराजय भोगेको छ ।

उता झम्सिखेल ८ खेलबाट ६ अंकका साथ ११ औं स्थानमा छ । अहिलेसम्म एक खेल मात्रै जितेको झम्सिखेल तीन खेलमा बराबरी खेल्दा चारमा पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा आरसिटी र श्री कुमारी क्लब भिड्ने छन् । ८ खेलबाट १२ अंक जोडेको आरसीटी पाँचौ तथा समान ८ खेलबाटै ७ अंकसहित श्रीकुमारी आठौं स्थानमा छन् । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्