खेलकूद

स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

हिमालय टिभी
२०७७ फागुन २० गते ९:४७
स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

२० फागुन २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा उत्कृष्ट पुनरागमनसहित बार्सिलोना फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० ले हराउँदै समग्रमा ३–२ गोलको नतिजासहित बार्सिलोनाले फाइनलमा स्थानमा पक्का पारेको हो ।

घरेलु मैदान क्याम्प नोउमा १२ औं मिनेटमा ओस्माने डेम्बेलेको गोलसँगै बार्सिलोनाले अग्रता बनाएको थियो । ७३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले बचाएका थिए ।

त्यसपछि बार्सिलोनाका लागि इञ्जुरी समयमा जेरार्ड पिक्युले गोल गरेसँगै खेल २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा बार्सिलोनाका मार्टिन ब्रेथवेटले गोल थपेका थिए । उता इञ्जुरी समयमा सेभियाका फेर्नान्डो र अतिरिक्त समयमा लुक डी जोङले रेड कार्ड पाएका थिए । पहिलो लेगमा सेभियाले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ । यी दुईबीचको पहिलो लेग ११ गोलको बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्