खेलकूद
म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस गोलरहित बराबरीमा रोकिए
२०७७ फागुन २० गते ८:००

२० फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिष्टलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै तर्फले गोल गर्न सकेनन् ।
२७ खेलबाट ५१ अंकसहित युनाइटेड दोस्रो स्थानमा कायमै छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको समान २७ खेलबाट ६५ अंक छ ।
त्यस्तै लीगकै अर्को खेलमा सेफिल्ड युनाइटेडले एष्टन भिल्लामाथि १–० को जित निकाल्दा तेस्रो स्थानको लेष्टर सिटीले बर्नलीसँग एक(एक गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
प्रतिक्रिया