आर्थिक

रैथाने कुखुरा प्रवर्द्धन गर्दै कृषि अनुसन्धान केन्द्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २० गते ६:०७
रैथाने कुखुरा प्रवर्द्धन गर्दै कृषि अनुसन्धान केन्द्र (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ धनकुटा । व्यवसायिक उत्पादनका लागि किसानले फरक फरक जातका कुखुरा पाल्ने क्रम बढ्दो छ । जसले गर्दा स्थानीय जात लोप हुने अवस्था छ । तर स्थानीय जात लोप हुन नदिन धनकुटास्थित कृषि अनुसन्धान केन्द्र पाख्रिबासले संरक्षण गर्न थालेको छ ।

प्रविधिको विकास सँगै बजारमा हाईव्रिड जातका कुखुरा भित्रिने क्रम बढ्दो छ । व्यवसायिक रुपमा कुखुरा पाल्नेहरुले पनि थोरै लगानीमा धेरै फाइदा लिने आशमा हाइब्रिड कुखुरा नै पाल्ने गरेका छन् ।जसले गर्दा स्थानीय कुखुरा लोप हुन थालेका छन् । त्यसैले कृषि अनुसन्धान केन्द्र पाख्रीबासले स्थानीय जातका कुखुरालाई संरक्षण र सम्वर्द्धन गर्ने काम थालेको छ ।

स्थानीय जातका रुपमा चिनिएका सेखिमे, प्वाँखखुईले र घाँटीखुईले सहितका कुखुरा स्वादका र स्वास्थ्य दुवै हिसाबले राम्रो मानिन्छ, तर अहिले व्यवसायिकताका नाममा र छिटो आम्दानी खोज्ने प्रवृतिका कारण स्थानीय कुखुरा लोप भईरहेका छन् ।

अहिले बजारमा स्थानीय कुखुराको माग छ तर यस्ता कुखुराले व्यवसायिक रुप पाउन सकेको छैन । संरक्षण गरिएको स्थानीय जातबाट अध्ययन अनुसन्धान गरी थप अन्य जात बिकास गर्न तथा पछिल्लो पुस्ताले समेत स्थानीय जात देख्न र खाना पाउन भन्ने उद्देश्यले रैथाने कुखुराको संरक्षण सुरु गरिएको हो ।

कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा सेखिमे, प्वाँख उल्टे, घाँटी खुईलेका साथै अफिल र गिरीराज जातका कुखुरा संरक्षण गरिएको छ। कृषी अनुसन्धान केन्द्रले यीनै जातका पाँच हजार चल्ला उत्पादन गरी इच्छुक कृषक तथा कृषक समुहलाइ सशुल्क वितरण गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *