राजनीति

सुवास नेम्बाङसहित सात जनालाई निलम्बन गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते १४:५९
सुवास नेम्बाङसहित सात जनालाई निलम्बन गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका सुवासचन्द्र नेम्वाङसहित ७ जना नेतालाई कारवाही गरेको छ ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै निलम्बन र निष्काशनको कारवाही गरेको हो । बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्दै संसदीय दलको उपनेताबाट राजीनामा गर्न निर्देशन दिएको छ ।

यस्तै केही दिनअघि प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले मुख्य सचेतक नियुक्त गरेका विशाल भट्टराईलाई पार्टी केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ ।

भट्टराईले कु प्रचारको काम गरेको आरोप छ । यस्तै ओलीको निर्देशनमा कु प्रचार र नेताहरुको मान मर्दन गर्ने तथा पार्टी विरोधी काम गर्ने गरेको भन्दै प्रभु साह, महेश बस्नेत, सूर्य थापा, शान्ता चौधरी र कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट ६ महिनाका निलम्बन गरिएको छ ।

बैठकले ओली पक्षमा लागेको नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिने निर्णय गर्दै काममा फर्किन अपील गरेको छ ।

दोस्रो तहका केही नेताले पार्टी एकताका लागि प्रयास गरिरहेका बेला प्रचण्डनेपाल समूहले त्यो बाटो बन्द हुने गरी ओली पक्षका नेतालाई कारवाही गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्