कला/मनोरञ्जन

नायिका र निर्देशकको घरमा आयकर विभागको छापा

हिमालय टिभी
२०७७ फागुन १९ गते १४:२६
नायिका र निर्देशकको घरमा आयकर विभागको छापा

बलिउड अभिनेत्री तापसी पन्नू, निर्देशक अनुराग कश्या र मधु मनटेनाको घरमा आयकर विभागले छापा मारेको छ ।

मधु मनटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर अधिकारीहरु पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो छापामारी फैंन्टम फिल्मसमा भएको कर छलीको सिलसिलामा भएको बताइएको छ।

आयकर विभाग स्रोतका अनुसार कर छलीको मामिलामा चलचित्र फैंटमसँग सम्बन्धित व्यक्तिहरुको घरमा छापामारी भएको हो । यसमा अनुराग कश्यम, तापसी पन्नू, विकास बहल र अन्य संलग्न छन् । अन्य कयौंलाई समेत चलचित्र फैंटममा कर छली गरेको आरोपमा आयकर विभागले खोजी गरिरहेको जनाएको छ।

मुम्बई र पुणेका करिब २० स्थानमा आयकर विभागले छापा मारेको बताइएको छ। जसमा अनुराग कश्यप, तापसी पन्नू, मधु मनटेला, विकास बहल र अन्यको घर कार्यालय छन् ।

सन् २०११ मा अनुराग कश्यप, मधु मनटोला, विक्रमादित्य मोटवाने र विकास बहलले फैंटम फिल्स स्थापना गरेका थिए। यद्यपि अक्टोबर २०१८ मा यो कम्पनी बन्द भइसकेको छ।

स्मरणरहोस् अनुराग कश्यप केन्द्र सरकारको नीतिको कडा आलोचक हुन् भने तापसी पन्नूले नयाँ कृषि कानूनविरुद्ध किसानले गरेको विरोधको समर्थन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *