आर्थिक
शेयर धनीलाई ४० प्रतिशत नगद लाभांश दिन टेलिकमको प्रस्ताव
२०७७ फागुन १९ गते १३:१८

१९ फागुन २०७७ काठमाडौं । नेपाल टेलिकमले शेयर धनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । सरकारको स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेपछि लभांश वितरण गरिने छ ।
नेपाल टेलिकमले पोहोर ४५ र त्यसअघि ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया