खेलकूद

‘बी’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १९ गते ९:०३
‘बी’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

१९ फागुन २०७७ काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नयाँ बस्ती र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ ।

नयाँ बस्ती आज टुसाललाई हराएर लीगको शीर्ष पाँचभित्र उक्लन चाहन्छ । नयाँ बस्ती ८ खेलमा ११ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । टुसाल ८ खेलमा ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र ब्वाइजबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

उपाधि दाबेदार खुमलटार ब्वाइजलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अङ्क बराबरी गर्न चाहन्छ । खुमलटार ८ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोको २२ अङ्क रहेको छ । ब्वाइज १४ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्