इटालियन सिरी ए फूटबलमा युभेन्टस् विजयी

१९ फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा युभेन्टस् विजयी भएको छ ।
सिरी ए को पछिल्लो खेलमा तेस्रो स्थानको युभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो । घरेलु मैदानमा युभेन्टसको जितमा अल्भारो मोराटा, फेडेरिको चिसा र क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए ।
रोनाल्डोले लीग फूटबलमा सहभागिता जनाएको खेलको संख्या ६०० पुर्याएका छन् । यस्तै उनले जारी सिरी ए सिजन मा २० गोल गरिसकेका छन् । योसँगै उनी युरोपका शीर्ष पाँच लीगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
युभेन्टसले सबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै युभेन्टसले दोस्रो स्थानको एसी मिलानसँगको अंक दूरी ३ अंकमा झारेको छ ।
युभेन्टसको २४ खेलबाट ४९ अंक हुँदा एसी मिलानको समान खेलबाट ५२ अंक छ । उता शीर्ष स्थानको इन्टर मिलानले २४ खेलबाट ५६ अंक जोडेको छ ।
प्रतिक्रिया