खेलकूद
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको अपराजित यात्रा २१ खेलसम्म पुग्यो
२०७७ फागुन १९ गते ७:५९
१९ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले अपराजित यात्रा २१ खेलसम्म पुर्याएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति शीर्ष स्थानको सिटीले उल्फ्समाथि ४–१ गोलको शानदार जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले आत्मघाती गोलसँगै अग्रता बनाएको थियो ।
१५औं मिनेटमा उल्फ्सका लिएन्डर डेन्डोन्केरले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । तर ६१औं मिनेटमा उल्फ्सका कोनर कोडेले गोल गरेपछि खेल १–१ गोलको बराबरी भएको थियो ।
त्यसपछि सिटीका लागि गेब्रियल जिससले दुई र रियाद महरेजले एक गोल थपेका थिए । जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अग्रता १५ अंकले बढाएको छ ।
२७ खेलबाट सिटीले ६५ अंक जोड्दा युनाइटेडको २६ खेलबाट ५० अंक छ ।
प्रतिक्रिया