समाज

भेदभावको डरले खुल्नै मान्दैनन् एचआइभी संक्रमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते ६:०५
भेदभावको डरले खुल्नै मान्दैनन् एचआइभी संक्रमित (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशमा संक्रमितमाथिको भेदभावका कारण एचआइभी संक्रमण नियन्त्रणमा समस्या भइरहेको छ । भेदभावको डरले संक्रमित खुल्न नचाहने भएकाले न्युनिकरणमा पनि असर परेको हो ।

मुलुकभर एचआइभी नियन्त्रणमा आउँदै गए पनि सुदूरपश्चिम प्रदेशमा भने चुनौती देखिएको छ । एचआइभी संक्रमितमाथि हुने भेदभाव घटेको छैन । जसका कारण संक्रमित खुल्न सकेका छैनन् । संक्रमित लुकेर बस्दा एचआइभी नियन्त्रणमा समस्या भएको छ । समाजमा अपराधीजस्तै व्यवहार हुने गरेकाले संक्रमित बाहिर आउन सकिरहेका छैनन् ।

एचआइभी–एड्सका क्षेत्रमा काम गरिरहेका संघसंस्थाले पनि सामाजिक भेदभाव नै मुख्य समस्या भएको बताएका छन् । एचआइभी–एड्स न्यूनिकरण भएपनि सामाजिक भेदभावकै कारण धेरै संक्रमित खुल्न डराइरहेको उनीहरुको पनि निष्कर्ष छ ।

जनप्रतिनिधि पनि जनचेतनाबाटै सामाजिक विभेद अन्त्य गर्न सकिने भन्दै यसमा सबैले भूमिका खेल्नुपर्ने बताउँछन् ।

विभिन्न संघसंस्था र सरकारी तहले गोष्ठी समारोह गरेर सामाजिक भेदभाव अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि अवस्था धेरै परिवर्तन हुन सकेको छैन । जसका कारण एचआइभी न्युनिकरणमा समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *