आर्थिक

किन खुलेनन् अझै पर्यटन क्षेत्र ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते ५:५७
किन खुलेनन् अझै पर्यटन क्षेत्र ? (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । विश्वभरी महामारीको रुपमा आएको कोभिड–१९ ले नेपालको पर्यटन व्यवसायमा ठुलो धक्का दिएको छ । पछिल्लो समय संक्रमण दर निकै कम भइसकेको छ । तर सरकार भने पर्यटन क्षेत्र खुला गर्न मानिरहेको छैन । यसबाट पर्यटन व्यवसायी मात्रै होइन स्वयं पर्यटन बोर्ड पनि निराश छ ।

कोरोना महामारीको कारण नेपालको पर्यटन क्षेत्र तहसनहस भएको छ । सन् २०२० को फेब्रुअरी महिनामा ७३ हजार ८ सय पर्यटक नेपाल आएका थिए । यो वर्ष सोही अवधिमा जम्मा १० हजार पर्यटक आए ।

यसबाट स्पष्ट हुन्छ पर्यटकको आगमन कसरी घटेको छ । महामारी निकै कम भए पनि पर्यटन क्षेत्र उकास्न सरकारले कुनै योजना ल्याएको छैन । जसका कारण पर्यटन उद्योग नै धरासायी हुन लागेको भन्दै व्यवसायी चिन्तित भइरहेका छन् ।

विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन अनेक कार्यक्रम ल्याइरहेका छन् । तर नेपालमा भने पर्यटक आगमनका लागि सरकारी नीति नै तगारो बनिरहेको व्यवसायीको आरोप छ ।

नेपाल पर्यटन बोर्ड पर्यटक आवागमन सहज बनाउन लागिरहेको छ । तर यसमा उसले मन्त्रालयको साथ पाएको छैन । पर्यटन मन्त्रालयले आफ्ना कुरा नै नसुनेको बोर्डको गुनासो छ । बोर्डका पदाधिकारी आफुहरुले बारम्बार ताकेता गर्दा पनि मन्त्रालयले कुनै चासो नदिएको आरोप लगाइरहेका छन् ।

विगतमा छिमेकी मुलक भारत र चीन हुँदै धेरै पर्यटक नेपाल आउने गरेका थिए । कोराना महामारीपछि पर्यटक आगमन ठप्प भयो । अहिले सबैतिर अवस्था सहज हुँदै गएको छ । तर पर्यटन उद्योग माथि उठन सकेको छैन । यसमा सरकारी नीति नै मुख्य वाधक रहेको पर्यटन व्यवसायीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *